चट्याङ लागेर दुई भैँसी ठहरै

स्याङ्जा । गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए ।

ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन ।

अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*