दोर्दी खोला जलविद्युतको आईपीओ खुल्ला

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि (बिहीबार) सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्री गर्नेछ । ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख १९ हजार ८६९ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने र जेठ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*