बागमती , गण्डकी र मधेश प्रदेशमा प्रवेश गर्‍यो मनसुनी प्रणाली

काठमाडौं । नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती र गण्डकी प्रदेशमा प्रवेश गरेको छ ।

जेठ २२ गते प्रदेश १ मा प्रवेश गरेको मनसुनी प्रणाली बिहीबारदेखि तीन प्रदेशमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका बाँकी भू–भागहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश०मा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने महाशाखाको अनुमान छ ।

यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडीनै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिनसमेत अनुरोध गरेको छ ।

यसअघि नै महाशाखाले यसवर्ष औसतभन्दा बढी पानी पर्ने अनुमान गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*