मकवानपुर गोल्डकपः सेमिफाइनलका अन्तिम खेल आज

हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप अन्तर्गत आज सेमिफाइनलका अन्तिम खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने अन्तिम सेमिफाइनलको खेलमा फाइनल प्रवेशका लागी विदेशी टोली क्यामरुनको एभिनियर एफसी र नेपाल आर्मी भिड्दैछन् ।

एभिनियर र आर्मी बीचको खेल दिउँसो ३ बजेर ३० मिनेटमा हुनेछ । आज दुबै टोली फाइनल पुग्ने योजनासहित मैदान उत्रनेछन् । दुई टोली बीचको विजेताले मकवानपुरको घरेलु टोली विजय युथ क्लबसँग फाइनल भिड्नेछन् । यस अघि शुक्रबार भएको पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विजय युथ फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल पर्सी सोमबार हुनेछ ।

१२ टोलिले सहभागिता जनाएको प्रतियोगिताको विजेता टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*