मकवानपुरमा विपद् प्रतिकार्य योजना – ७५ जनाको टिम तयारी अवस्थामा

हेटौंडा । मकवानपुर जिल्लाका प्रत्यक स्थानीय तहमा बाढी र पहिरोको निकै जोखिमका क्षेत्रहरु रहेका छन् । असार महिना लाग्नु भन्दा पहिलेनै दिनहुँजसो वर्षा भइरहेको छ । बाढी र पहिरोका कारण कतै समस्या भइहालेमा त्यसको तयारीका लागि नेपाली सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरीको टोली तयारी अवस्थामा राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

तीन वटै सुरक्षा निकायमा २५ जनाका दरले ७५ जनाको टिम तयारी अवस्थामा रहेको र बाढी, पहिरो गइहालेमा तत्काल खोज तथा उद्धारका लागि टोली परिचालन हुने उहाँले बताउनुभयो । तीन वटै सुरक्षा निकायको टोली खो र उद्यारका सामाग्रि सहित तयारी अवस्थामा रहेको छ । वर्षायामको समयमा पर्न सक्ने विपद्को लागि जिल्ला विपद् व्यावस्थापन समितिको बैठक समेत बसेर यसको तयारीमा रहेको समितिका अध्यक्ष समेत रहनु भएका प्रजिअ पाण्डेले बताउनुभयो ।

जिल्लाको दश वटै स्थानीय तहमा विपद् व्यावस्थापन समिति रहेका छन् । ती व्यावस्थापन समिति संगै जिल्ला स्तरको समिति तयारी अवस्थामा राखिएको वताउँदै उहाँले भन्नुभयो–‘मकवानपुरमा बाढी भन्दा पनि पहिरोको बढी जोखिमका क्षेत्रहरु रहेका छन् त्यही अनुसार हामी तयारी अवस्थामा रहेका छौं । समितिको बैठक समेत बसेर काम सुरु गरेका छौं ।’ बिपद्पछी आइपर्ने समस्याका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योगी व्यावसायीहरु, बिभीन्न सामाजिक संघसंस्थाहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*