मकवानपुर गोल्डकप – फाइनलमा त्रिभुवन आर्मी र विजयी युथ हेटौंडा भिड्ने

हेटौंडा । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनल खेलमा अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुनलाई सडनडेथमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा गएको थियो ।

सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो ।

त्यसपछि खेलको निर्णय लिन खेलाडीहरुले पुनः दोहो¥याएर पेनाल्टी प्रहार गर्नु परेको थियो । पुनः पेनाल्टीमा आर्मीका तीन खेलाडीले लगातार गोल गरेका थिए । तर, एनिनियर एफसीका एक खेलाडी गोल गर्नबाट चुके संगै आर्मी फाइनलमा प्रवेश गर्न सफल भयो ।

यो संगै अब साविक विजेता समेत रहेको आर्मीले उपाधीका लागि घरेलु टोली विजयी युथ क्लब हेटौंडासंग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जेष्ठ ३० गते सोमबार हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*