लागुऔषध नाईट्राभेटसहित मकवानपुरमा २ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ५ सय ३८ ट्याबलेट लागुऔषध नाईट्राभेटसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला देबघाट गाउँपालिका वडा नम्बर–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका वडा नम्बर–९ बस्ने २३ वर्षीय जंग बहादुर तामाङ रहेका छन् ।

शनिबार दिउँसो भिमफेदी गाउँपालिका वडा नम्बर–६ स्थित सडकमा बिरगंजबाट काठमाण्डौ जाँदै गरेको ना १ ज ३५५३ नम्बरको यात्रुबाहक सुमोलाई चेकजाँच गर्दा उक्त सुमोमा सवार भुजेल र तामाङको साथबाट लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*