मकवानपुर गोल्डकपको फाईनल आज,उपाधीको लागि हेटौंडा र आर्मी भिड्दै

हेटौंडा । जेठ १९ गतेबाट सुरु भएको चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताको फाईनल खेल आज सोमबार हुँदैछ ।

बागमती प्रदेशको राजधानी हेटौंडा-५ स्थित पिप्ले रंगशालामा हुने फाईनल खेलमा उपाधीका लागि घरेलु टोली विजयी युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । खेल अपरान्न ३:३० बजेबाट सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

आईतबार आयोजक जिल्ला फुटबल संघ मकवानपुरले गरेको प्रि–म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधी हात पार्ने दाबी गरेका छन् । घरेलु टोली विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठ र कप्तान अशोक बरालले भोलिको फाईनल खेलको लागि आफुहरुले रणनीति तयार पारिसकेको र घरेलु टोलीको लागि दर्शकको साथ पनि हुने भन्दै उपाधी जित्नेमा दाबी गरे ।

यसैगरि,यता आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले उपाधी रक्षा गर्ने दाबी गरेका छन् । उनिहरुले आफ्नो टोलीमा हेटौंडामा भएको यसपटक गोल्डकपमा नयाँ खेलाडीहरुलाई मैदानमा उतार्दा पनि उत्साहजनक खेल खेल्दै फाईनलमा पुगेको बताउँदै यसपटकको उपाधी पनि आर्मीलेनै जित्ने दाबी गरे ।

यसअघि,२०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाईनलमा खेल पनि घरेलु टोली र आर्मी भिडेको थियो । आर्मीले घरेलु टोली मकवानपुर(११ लाई १(० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थियो । अघिल्लो पटक फाईनलमा पुगेर उपाधी हात पार्न नसकेको हेटौंडालाई बदला लिने अवसर छ भने आर्मीलाई उपाधी रक्षा गर्न चुनौती छ ।

आज हुने फाईनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । आज हुने फाईनल खेलको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*