मदन भण्डारी फाउण्डेशन मकवानपुरको तेस्रो अधिवेशन सम्पन्न

मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरको तेस्रो अधिवेशन आईतबार सम्पन्न भएको छ । फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख आतिथि पौडेलले जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले फाउण्डेशनको स्थापना भएको बताउनुभयो । उहाँले जननेता मदन भण्डारीका नविन बिचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न फाउण्डेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताउनुभयो । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले फाउण्डेसनले आगामी दिनमा विभिन्न कार्यक्रम मार्फत जन नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो ।

अधिवेशनका अवसरमा मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएको सम्मान समेत प्रदान गरिएको छ । फाउण्डेशनले यसै वर्षबाट सुरु गरेको श्रीचन्द्र शर्मा स्मृति सम्मान यो वर्ष बम बहादुर लामा लाई प्रदान गरेको हो । नेपालको पहिलो मजदुर आन्दोलनदेखि हालसम्म पनि विभिन्न कम्युनिष्ट आन्दोलनमा देश र जनाताका लागि अतुलनिय योगदान पु¥याउनु भएका लामालाई ११ हजार एक सय एघार रुपैया नगदसहित सम्मान गरिएको हो ।

अधिवेशनबाट पुन खुलालको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमित चयन भएको छ । आजसम्पन्न अधिवेशनले फाउडेशनको उपाध्यक्षमा आशाकाजी श्रेष्ठ, सचिवमा बोलबहादुर कार्की, सहसचिवमा शिवहरी दाहाल र कोषध्यक्षमा चन्दावती पनेरुलाई चयन गरेको छ । फाउण्डेशनको सदस्यहरुमा मुकुन्द अधिकारी, उत्तम न्यौपाने, तुलसी रिजाल, धर्म बस्नेत, सानु लामा, रवि रेग्मी, विवश अधिकारी, गोकर्ण तिवारी, किशन घिसिङ, राधिका चौलागाई र कुमार केसीलाई चयन गरेको छ । कार्यक्रममा फाउण्डेशनका प्रदेश सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरकी जिल्ला कमिटी सदस्य गणेश कुमारी प्रधानलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*