स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

काठमाडौं   –  लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुरक्षा गार्डसहित तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा गएर राज्यमन्त्री ओलीले बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेको आरोपमा उहाँलाई प्रहरीले नियन्त्रण लिएको हो ।

वलीलाई अहिले तुल्सीपुर इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । “मेरो एकराज खोई ? ” भन्दै वली एकराजको घरमा जाँदा एकराज बस्नेत भने घरमा नरहेको बताइएको छ । गत वर्षको भदौमा बिमला वलीले आफ्नो फेसबुक स्टोरीमा पूर्व माओवादी लडाकु एकराजसँगको अन्तरङ फोटो पोष्ट गरेपछि दुई जनाबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो ।

बिमलाका श्रीमान उत्तर कुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*