नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौं । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । मंगलबार थप मूल्य बढेर बिक्री दर १२५ रुपैयाँ माथि पुगेको हो ।

मंगलबार डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा थियो भने शनिबारदखि मंगलबारसम्म १२४.२४ रुपैयाँ थियो । मंगलबार इतिहासमै पलिहोपटक डलरको मूल्यको १२५ रुपैयाँ नाघेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*