बागमती प्रदेशको आर्थिक वर्ष २०७९–०८० को ७० अर्व ९३ करोड
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि कुल ७० अर्व ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेका हुन् ।
सरकारको आव २०७९०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँको बजेट मध्ये चालु तर्फ १९ अर्व २ करोड रुपैयाँ, पुँजिगत तर्फ ४१ अर्व ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्व रुपैयाँ र वित्तिय व्यवस्थापज।न तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त प्रस्तुत गरिएको अनुमानित बजेटमा सरकारले रत्ननगरमा आर्युवेदीक औषधि उत्पादन केन्द्र संचालन गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बागमती प्रदेशको राजधाी हेटौंडामा भौतिक संरचना निर्माण गर्न, अरु पूर्वाधार निर्माण गर्नका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । यसैगरी हेटौंडा चक्रपथ निर्माण गर्न र सुविधा सम्पन्न बनाउन लागि एक अर्ब पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले बुधबार प्रदेश सरकारको तर्फबाट आगामी आवको बजेट घोषणा गर्दै उक्त योजना अघि बढाउने जानकारी दिएका हुन् ।
मन्त्री जमरकट्टेलले प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइने जानकारी गराएका हुन् । उनले यसका लागि आगामी वर्षलाई १८ करोड २७ लाख बजेट विनियोजन गरेको बताए ।
बागमती प्रदेश सरकारले हेटौंडामा निर्माणधिन दुग्ध पाउडर प्लान्ट संचालनमा ल्याउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बुधबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
उनले काभ्रे जिल्लामा पनि मिनी दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको बताए । उनले यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानहरू बाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका छन् ।
यस्तै, उनले प्रदेश सरकारले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको घोषणा गरे । साथै प्रदेश सरकारले आगामी आवमा प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको उनले बताए ।