शनिबारबाट कमाने प्रिमियर लिग हुने

हेटौंडा । हेटौंडा–८ स्थित कमानेमा कमाने प्रिमियर लिग हुने भएको छ । भोली शनिबारबाट कमानेस्थित चन्द्रोदय माविको खेल मैदानमा लिग हुने प्रतियोगिता संयोजक अरुण दाहालले जानकारी दिनुभयो । लिगका लागि खेलाडीलाई आठ टिम बनाएर दुई समुहमा विभाजन गरिएको छ ।

शनिबारको पहिलो खेलमा कमाने हन्डर्स र कमाने टाइगर भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल असार ११ गते शनिबार हुनेछ । प्रतियोगिता सञ्चालनका लागि वडा, खेलकर्मीले सहयोग गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद १५ हजार रुपैयाँ, १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*