पालुङमा ५१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पताल र तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा शुक्रबार पालुङमा आँखा शिविर भएको छ । आँखा शिविरमा मकवानपुरको उत्तरी क्षेत्रका ५१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

पालुङमा ६र६ महिनामा आँखाको परीक्षण र शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी हेरेर समय समयमा निःशुल्क आँखाको शल्यक्रिया हुँदै आएको छ । योसँगै पालुङमा चौथो पटक आँखाको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा २ जनाको भने दुबै आँखाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालका डा। सुनिल थकालीको नेतृत्वमा पालुङमा आँखाको शल्यक्रिया गरिएको थियो ।

आँखा अस्पतालका कर्मचारीहरुद्वारा बिहीबार नै मकवानपुरको उत्तरी क्षेत्रको स्थानीयको आँखा परीक्षण गरिएको थियो । गोगने, देउखेल, बज्रबाराही, चौखेल, पालुङ क्षेत्रका ८ सय जनाको आँखा परीक्षणपश्चात् ५१ जनाको आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि निःशुल्क शल्यक्रिया गरिएको हो । आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर भिजन हिमालय फाउण्डेसनको सहयोगमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*