साइकल चलाउँने क्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल चलाउँने क्रममा लड्नुभएको छ ।

शनिबार डेलावेयरको रेहोबोथबीचमा साइकल चलाउने क्रममा ७९ वर्षीय राष्ट्रपति बाइडेन लड्नुभएको समाचार संस्था रोयटर्सले जनाएको हो । राष्ट्रपति बाइडेन त्यहाँ बिदा मनाउन जानुभएको थियो। समर्थकलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढ्नुभएको समाचारमा उल्लेख गरिएको छ । साइकलबाट लडे पनि राष्ट्रपति बाइडनलाई चोट भने लागेको छैन् ।

लड्ना साथ उठ्नु भएका उहाँले आफूलाई केही नभएको बताउनुभएको छ । त्यसपछि उहाँले त्यहाँ उपस्थित समर्थकसँग केही मिनेट कुराकानी समेत गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*