सार्वजनिक सवारीसाधनको भाडा फेरि बढ्यो [सूचीसहित]
काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडा फेरि बढेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडा पनि बढेको हो । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्था छ ।
अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ। त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ।
स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत छ । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेलरमट्टितेलमा २७ रुपैयाँ बढाएको थियो। बढेको मूल्यअनुसार पेट्रोललाई एक लिटरमा १ सय ९९ रुपैयाँ पर्ने भएको छ । त्यस्तै डिजल र मट्टितेलको मूल्य १९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।