औषधि व्यवसायी संघ मकवानपुरको स्थापना दिवसमा मामाघरलाई खाद्यान्न सहयोग

हेटौंडा । नेपाल औषधि व्यवसायी संघ मकवानपुरको ४९औं स्थापना दिवसको अवसरमा मामाघर नेपालमा खाद्यान्न सहयोग गरिएको छ । स्थापना दिवसको अवसरमा संघका अध्यक्ष नारायणलाल श्रेष्ठको सभाध्यक्षतामा ३० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरिएको हो ।

संघले मामाघर नेपालमा आश्रीत बालबालिकाहरुको लागि ६ बोरा चामल, एक बोरा चिउरा, एक बोरा मस्यौरा, एक बोरा दाल, तेल, लुगा धुने र नुहाउने साबुन सहयोग गरेको छ । खाद्य सामाग्री वितरण कार्यक्रममा मकवानपुरका औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*