हेटौंडा–९ मा सवारी दुर्घटना एक जनाको मृत्यु

हेटौंडाः हेटौंडा–९ स्थित हनुमानगेट नजिक बस, ट्याङ्कर र बाइक आपसमा ठोकिँदा घाइते भएकामध्ये ट्याङ्कर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्ला बर्दघाट–१ का सन्जीव राना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्याङ्कर र हेटौंडामा विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस आपसमा ठोकिएको थियो । रानालाई शुक्रबार राति नै उपचारका लागि चितवन पठाइएकोमा शनिबार बिहान डाक्टरले उनको मृत्यु घोषणा गरेको हो । बसको पछाडिबाट आइरहेको लु ४६ प ६१३० नम्बरको मोटरसाईकल पनि बसमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा १६ जना घाइते भएका थिए । घाइतेमध्ये ट्याङ्कर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि चितवन पठाइएको थियो । मोटरसाइकल चालकको अहिले चितवनमा उपचार भईरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ । यस्तै अन्य घाइते १४ जनालाई उपचारका लागि हेटौंडा अस्पतालमा राखिएकोमा केही भने डिस्र्चाज भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*