राजीनामा पत्र बुझाएछि पर्यटनमन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।

मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएपछि आलेले शुक्रबारको पोलिटब्युरो बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए।

जस अनुसरा उनले पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*