अविरल वर्षाको कारण इन्द्रसरोबरको विद्यालय दुई दिन विदा

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरुलाई दुई दिन विदा दिएको छ ।

अविरल वर्षाको कारण बालबालिकाहरुलाई विद्यालय जान समस्या पर्ने र बाढी पहिरो जस्ता विपद्जन्य जोखिमबाट निम्तिन सक्ने घटनाबाट पूर्व सर्तकता अपनाउन आज असार १६ गते र भोलि १७ गते दुई दिन विदा दिइएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जारी गरेको सूचनामा जनाईएको छ ।

उक्त दुई दिन विदा वर्षे विदाबाट मिलान हुने गरी गाउँपालिकाका सबै विद्यालयहरुमा विदा गर्न सूचनमा अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*