पहिरोले अवरुद्ध हेटौंडा-भीमफेदी-कुलेखानी सडक सूचारु

हेटौंडा । पहिरोको कारण अवरुद्ध भएको हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ जोड्ने छोटो सडक मार्ग सूचारु भएको छ ।

बुधबार दिउँसो राजमार्ग अन्तर्गत भीमफेदी-४ केराघारी र इन्द्रसरोवर ३ रामचन्द्र भञ्ज्याङमा पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि सडक सूचारु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*