हेटौंडा ५ मा मोटरसाईकल दुर्घटना , एकको मृत्यु दुई जना घाईते

हेटौंडा । मकवानपुरको हेटौंडा ५ को राधाकृष्ण मन्दिर नजिकै मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

बिहिबार दिउँसो कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००४ प १५९९ नंबरको मोटरसाईकल राधाकृष्ण मन्दिर नजिकै एक आपसमा ठोक्किदा दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ फुर्केचौर का २५ वर्षीय विशाल थापाको उपचारको क्रममा दिउँसो सबा २ बजे संचो अस्पतालमा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा ना ५१ प ७३५९ नंबरको मोटरसाइकलका २५ वर्षीय लक्षमण आचार्य र हेटौंडा-१८ का २३ वर्षीय सुमन थापा घाईते भएको र उनिहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*