युवा स्वयमसेवक समिति गठन तथा तालिम सम्पन्न

बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय प्रदेश युवा परिषद अनर्तगत जिल्ला युवा समिति मकवानपुरको आयोजनामा आइतबार जिल्ला युवा स्वयमसेवक समिति गठन गरिएको छ । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन अध्यक्ष रहने गरि नेपाल रेडक्रस सोसाईटी,नेपाल स्काउट र अन्य सामाजिक कार्यमा कृयाशिल युवाहरुलाई समेटेर २० सदस्यीय जिल्ला युवा स्वयमसेवक समिति गठन तथा तालिम गरिएको हो ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता साथै प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रशिक्षक अशोक सारु मगरले सहभागीहरुलाई विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण समेत दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घलानले अब देश विकासमा युवाहरुको सहभागिता अपरिहार्य रहेको बताउदै युवापिढीलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । युवा परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईले हरेक विपदमा युवाहरुको भुमिका अतुलनिय रहेको बताउदै बागमती प्रदेशका सबै जिल्लामा सामाजिक कार्यमा कृयाशिल सबै क्षेत्रका युवाहरुलाई समेटेर स्वयममसेवक समिति गठन र आवश्यक तालिम आयोजना गरिने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*