मकवानपुरमा सञ्चालित ड्राइभिङ सेन्टरहरुको छाता संगठन गठन

हेटौंडा । मकवानपुरमा सञ्चालित ड्राइभिङ सेन्टरहरुको छाता संगठन गठन भएको छ ।

शनिबार सरस्वती देवी रानाभाटको अध्यक्षतामा ड्राइभिङ स्कुल संघ, हेटौंडा गठन गरिएको हो । संघको उपाध्यक्षमा उत्तम कुमार लामिछाने, सचिवमा रमेश कुमार कोइराला, सह—सचिवमा रामकुमार पौडेल, कोषाध्यषमा छेगु गोले चयन भएका छन् ।

संघको सदस्यहरुमा राधेश्याम केसी, रिता पौडेल, सागर थापा, शंकर क्षेत्री रहेका छन् । संघले प्रेस सल्लाहकारमा पत्रकार गोविन्द प्रसाद न्यौपानेलाई जिम्मेवारी दिएको छ ।

यसैबीच, संघले हेटौंडा–५ शान्तीनगरको बाटोमा परेको खाल्डाखुल्डी पुरेको छ ।

सडकमा परेको खाल्डाखुल्डीका का कारण दुर्घटनाको जोखिम बढेको भन्दै आफ्नै खर्चमा खाल्डाखुल्डी पुरिएको संघकी अध्यक्ष रानाभाटले बताए । हेटौंडा ५ का वडा अध्यक्ष शुशिल घिमिरेको प्रमुख आतिथ्यतामा सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम भएको हो । कार्यक्रममा शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष देवि बहादुर बुढाथोकी,संघका पदाधिकारीको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*