मकवानपुरगढी भलिबल संघको अध्यक्षमा अधिकारी

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय भलिबल संघ गठन गरिएको छ ।

शनिबार राजेश अधिकारीको अध्यक्षतामा ११ सदस्यीय मकवानपुरगढी गाउँपालिका भलिबल संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा राजन चौलागाई, सचिवमा सिंह बहादुर योञ्जन, कोषाध्यक्षमा अजय योञ्जन सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा बालकृष्ण घिमिरे, जीवन बिष्ट, सन्देश तुम्सिङ मगर, बिष्मता पुडासैनी, राम छत्कुलि, विष्णु सिलवाल र भीम बहादुर थापा चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*