राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बिक्री खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिशेयर रु। १०० रुपैयाँ अंकित दरका २३ लाख ६६ हजार २४० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा छिटोमा साउन १ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*