नेपालका लागि विश्व बैंकले पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गर्यो

काठमाडौं । विश्व बैंकले नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले सो ऋण स्वीकृत गरेको हो । ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट (जीआरआईडी) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड–१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताउनुभयो । उहाँका अनुसार यो ऋण सहायता पानी, भूमिको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने भएको छ ।

सोही कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरीबी निवारणमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*