पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले भाउ नघटाउने

काठमाडौं । भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। तर, निगमले तत्काल मूल्य नघटाउने पक्षमा देखिएको छ । निगम स्रोतका अनुसार पेट्रोलियम पदार्थ अझै धेरै घाटा रहेकोले तत्काल मूल्य समायोजन हुँदैन ।

प्रतिलिटर पेट्रोलमा १४.१९ रुपैयाँ र डिजेलमा २१.९२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । हवाई इन्धनमा भने निगम केही नाफामा छ। एलपी ग्यासमा ५८२.४२ रुपैयाँ ४२ पैसा घाटा छ ।

हाल प्रतिलिटर पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९ र हवाई इन्धन (बाह्य) १.६४५ डलर र प्रतिसिलिन्ड एलपी ग्यास १८०० रुपैयाँ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*