सनराइज बैंकमा मेहेन्दी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-४, कान्तिराजपथमा रहेको सनराइज बैंकले साउनको पहिलो दिनमा मेहेन्दी कार्यक्रमको आयोजना गरेको छ ।

हरेक वर्ष साउनमा मेहेन्दी कार्यक्रम गर्दै आएको बैंकले आइतबारपनि मेहेन्दी कार्यक्र आयोजना गरेको हो । बैंकले सनराइज मेहेन्दी उत्सव-२०७९ कार्यक्रम गरेको हो ।

साउनमा मेहेन्दीले सजाऔँ हात सनराइज बैंकको साथ भन्ने भावका साथ मेहेन्दी कार्यक्रम गरिएको बैंकले जनाएको छ । कार्यक्रममा ४२ जनाको सहभागीता रहेको बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*