सवारी कारबाहीबाट मकवानपुरमा २ करोड राजस्व संकलन

हेटौंडा । मकवानपुरमा गत आर्थिक वर्ष २०७८/०७९ मा सवारी साधन कारबाहीबाट दुई करोडभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो ।

प्रहरीले गत आर्थिक वर्ष ३० हजार ३ सय २७ वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाहीमा परेका सवारी साधनबाट जरिवानावापत गत आर्थिक वर्षको साउन महिनामा १७ लाख ५८ हजार रुपैयाँ संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको भदौमा १७ लाख ५८ हजार रुपैयाँ, असोजमा २४ लाख ३१ हजार र कार्तिकमा ३३ लाख ८२ हजार रुपैयाँ जरिवानाबापतको राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

यस्तै, मंसिरमा १७ लाख ७१ हजार ५ सय, पुसमा १८ लाख ५१ हजार ५ सय, माघमा १९ लाख ४१ हजार ५ सय, फाल्गुनमा १६ लाख ८० हजार, चैतमा १५ लाख १८ हजार ५ सय, बैशाखमा १४ लाख ६१ हजार ५ सय, जेठमा १७ लाख ६० हजार ५ सय र असारमा २६ लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी ट्रक रहेका छन् । गत आर्थिक वर्षमा ९ हजार २ सय ४७ ट्रकलाई कारबाही गरेर ७२ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै ४ हजार ३ सय १८ बसलाई कारबाही गरी ३२ लाख ९७ हजार रुपैयाँ, ५ हजार ८ सय ६७ कार÷जीपलाई कारबाही गरी ४५ लाख २३ हजार ५ सय रुपैयाँ, १ हजार ५ सय ४७ ट्याक्टरलाई कारबाही गरी १३ लाख ३५ हजार ५ सय रुपैयाँ र ६ हजार १८ वटा मोटरसाइकललाई कारबाही गरी ४४ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*