मनसुन निस्क्रिय हुँदा देशभर गर्मी , एकदुई दिनमै वर्षा हुने

काठमाडौं । मौसमविद्हरूले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् ।

उनीहरूले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरूमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताउनुभयो ।

मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उहाँको भनाइ छ । उहाँले मनसुन न्यून चापीय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताउनुभयो ।

मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उहाँको भनाइ छ । उहाँले मनसुन न्यून चापीय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताउनुभयो । केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने उहाँको भनाइ छ ।

हाल मनसुन सामान्य स्थितिमा दक्षिणतर्फ रहेकाले नेपालका वर्षा नभएको मौसमविद् पोखरेलले बताउनुभयो । उहाँले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताउनुभयो ।

मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताउनुभयो । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो ।

पोखरेलले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*