निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज चार वर्ष पुग्यो , दोषी अझै पत्ता लागेन

काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज मंगलबार चार वर्ष पुगेको छ ।

हत्या भएको चार वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् ।

प्रहरीले गम्भीर रूपमा लिएको निर्मला हत्या प्रकरणलाई अनुसन्धान जारी राखे पनि हत्यारा अझै पत्ता लगाउन सकेको छैन ।

यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर प्रहरीले अनुसन्धान गरे पनि चार वर्षसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको जानकारी गराउनुभएको छ ।

अहिले पनि त्यस क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डिएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*