बार्षिकोत्सवमा ज्योति विकास बैंकले गर्यो रक्तदान

हेटौंडा । ज्योति विकास बैंकको १४ औं बार्षिकोत्सवको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । हेटौंडा शाखाको आयोजनामा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

बार्षिकोत्सवको अवसरमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ रक्तदानको आयोजना गरिएको बैंकका शाखा प्रबन्धक शिशिर भन्डारीले जानकारी दिए ।

‘बार्षिकोत्सवमा हामीले विविध कार्यक्रमको आयोजना गर्ने गरेका थियौं । यो बर्ष सामाजिक कार्यको उद्देश्यसहित रक्तदानको आयोजना गरेका हौं’, भण्डारीले भने ।

रक्तदानमा मकवानपुरका पूर्व वडा अध्यक्षहरुसहित विभिन्न सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधि र बचतकर्ताहरुको उपस्थिती थियो । ज्योति विकास बैंकको नेपालभर ११९ वटा शाखा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*