हेटौंडाका ६ बिद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर हस्तान्तरण

हेटौंडा । महिनावारीका क्रममा प्रयोग भएको सेनेटरी प्याड व्यवस्थापनमा समस्या भएको भन्दै हेटौंडा उपमहानगरपालिकाले ६ बिद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर हस्तान्तरण गरेको छ ।

उपमहानगर भित्र रहेका बिद्यालयका बिद्यार्थीहरुले महिनावारीको समयमा प्रयोग गरेको सेनेटरी प्याड व्यवस्थापनमा चुनौंति थपिएपछि पहिलो पटक ६ बिद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर प्रदान गरीएको विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखाका प्रमुख शान्ति बिश्वकर्माले जानकारी दिइन् ।

प्रयोग भएको प्याड प्लाष्टिकबाट बनेको हुँदा सहजै माटोमा नमिल्ने र जलाउन पनि समस्या भएकाले बिद्यालयहरुमा डिस्पोजनमा समस्या भएपछि पहिलो पटक हेटौंडा–१ को अमर माध्यमिक बिद्यालय, हेटौंडा–४ को भुटनदेवी मध्यमिक बिद्यालय, हेटौंडा–६ को बंशगोपाल माध्यमिक बिद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक बिद्यालय, हेटौंडा–१८ को ज्योति माध्यमिक बिद्यालय र हेटौंडा–१९ को निर्मल माध्यमिक बिद्यालयमा सेनेटरी प्याड इन्सुलेटर हस्तान्तरण गरीएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

प्रतिगोटा २ लाख ६० हजार रुपियाँको लागतमा खरीद गरिएको सेनेटरी प्याड इन्सुलेटर हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बिद्यालयका प्रतिनिधीहरुलाई हस्तान्तरण गरेकी हुन् । सामग्री हस्तान्तरण गर्दै प्रमुख लामाले आफुले पैसा नपरेपछि माया कम गर्ने बाँनि सबैमा रहेकाले त्यसलाई हटाउन आग्रह गरीन् । बिद्यालयमा शैक्षिक गुणस्तर निर्माणमा भुमिका खेल्न आग्रह गरीन् । सुन्दर र समुन्नत नगर बनाउनका लागि सबैको भुमिका आवश्यक रहेकाले त्यसलाई ध्यान दिदै अघि बढ्न सुझाव दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*