आज बिहान आएको भूकम्पबाट भोजपुर र खोटाङका केही घरमा क्षति

काठमाडौं । आज आइतबार बिहान खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ वटा र खोटाङमा एउटा घर भत्किएका छन् ।

भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा २ वटा घर भत्केर क्षतिग्रस्त भएको भोजपुर प्रहरीले जनाएको छ । यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा घर भत्किएको छ । भूकम्पबाट मानवीय क्षति भने भएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

पूर्वी नेपालमा भूकम्पको जोडदार धक्का महसुश गरिएको र १ मिनेटसम्म हल्लाएको स्थानीयले बताएका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका र आपसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*