राम्रो नतीजा हासिल भएको खुसियालीमा आधुनिक माविको विजय र्याली

हेटौंडा । एसईईमा राम्रो नतीजा हासिल भएको खुसियालीमा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले आइतबार विजय र्याली निकालेको छ ।

आधुनिक माविबाट परीक्षा दिएका विद्यार्थी मध्ये १८ जनाले ३ दशमलव ६५ भन्दा बढी जीपीए प्राप्ताङ्क प्राप्त गरेका छन् । एसईईमा सहभागी ३ सय ३८ जना विद्यार्थीमध्ये ऋषि यादवले सबैभन्दा बढी ३ दशमलव ९० जीपीए प्राप्त गरेका छन् ।

उत्कृष्ट हुने विद्यार्थी ऋषि यादवसँगै उत्तीर्ण हुने सबै विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकको सहभागितामा विद्यालयबाट सुरु भएको विजय र्याली कान्तिराजपथ हुँदै मेनरोड परिक्रमा गरी विद्यालयमै फर्किएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*