नारायणगढ – मुग्लिन सडक खण्ड सञ्चालनमा

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्डमा सञ्चालन भएको छ ।

वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा आज (सोमबार) बिहान ४ बजेदेखि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक खण्ड सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण सोही सडक खण्डको घुमाउने नजिकैको क्षेत्रमा पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक जेसिविको सहायताले पहिरो पन्छाएपछि बिहान करिब ७ बजेदेखि सडक दुई तर्फी रुपमा सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो । सडक सुचारु भए पनि वर्षा नरोकिएका कारण सावधानी अपनाएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

नारायणगढ(मुग्लिन सडक खण्डको १७ स्थानमा पहिरोको जोखिम रहेको प्रहरीले जनाइको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*