हेटौंडामा राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा हेटौंडा–७ को नागस्वोती फुटबल चौरमा हुने भेट्रान्स कपमा देशभरबाट १८ टिमको सहभागिता रहने बताईएको छ ।
आईतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्लबका सचिव प्रदिप गौतमले भाद्र १८ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी सुरु भएको बताए । उनले क्लबले पहिलो पटक गर्न लागेको भेट्रान्स कपले फुटबलको प्रबद्धन र आन्तरिक पर्यटनमा सहयोग पुर्याउने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा साँडे १३ लाख खर्च हुने बताए । उनका अनुसार प्रतियोगितामा विजेता टोलीले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।