हेटौंडाबाट लागुऔषध खैरोहिरोईनसहित पाण्डे पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरोहिरोईनसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार दिउँसो हेटौंडा-११ राप्ती चोक स्थित सडकमा बागमती प्रदेश ०३-००५ प २८३३ नंबरको मोटरसाईकल रोकी सोही मोटरसाईकलमा शंकास्पद रुपमा बसिरहेका एकजनालाई चेकजाँच गर्ने क्रममा ३८० मिलि ग्राम खैरोहिरोईनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१ का २५ वर्षीय सन्तोष पाण्डे रहेका छन् । पाण्डे माथि थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*