मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु

हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले एक पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

बिहान १० बजे जिल्लाको मनहरी गाउँपालिका वडा नंबर ९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नंबरको एम्बुलेन्सले ठक्कर दिँदा घटनास्थलमै एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

एम्बुलेन्सले ठक्कर दिँदा घटनास्थलमै मृत्यु हुनेमा संखुवासभाकी ५२ वर्षीया नमुना शेर्पा रहेको प्रवक्ता कार्कीले बताए । शेर्पा मनहरी स्थित आफ्नो छोरीको घर आएकी थिईन् ।

ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको छ । शवलाई पोस्टमोर्टमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*