बागमती, लुम्बिनी र प्रदेश १ का केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज पनि मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्र र अन्य केही क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

प्रदेश १ र बागमती प्रदेशका थोरै ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेको छ ।

गण्डकी प्रदेशका थोरै र प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा शनिबार राति भारी वर्षाको सम्भावना छ ।

पहाडी क्षेत्र र प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा राति चट्याङसहित पानी पर्ने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*