हेटौंडा १५ मा ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा-१५ पिपलबोटमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१० का ३६ वर्षीय राजन सराफ र पछाडी सवार २७ वर्षीय नवनित शाही रहेका छन् । उनीहरुको हेटौंडास्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराबाट हेटौंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १७८९ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–०१२ प १९९८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ पौने ६ बजे ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई प्रहरी चौकी रातोमाटे मकवानपुरले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*