मकवानपुरको थाहा नगरपालिकामा एक शव फेला

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा एक शव फेला परेको छ ।

३ नंबर वडाको गुफाडाँडामा बुधबार साँझ एक जनाको रुखमा झुण्डिएको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

शव स्थानीय ५८ वर्षीय राम गोपालीको रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि हेटौंडा पठाईएको र घटनाबारे आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*