मकवानपुरको मनहरीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी ९ खरङ्गामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बिहिबार बिहान १०:३० बजे हेटौंडाबाट नारायणगढ जाँदै गरेको बा ०३–००१ ख २४८१ नंबरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नंबरको मोटरसाईकललाई खरङ्गामा ठक्कर दिदाँ गम्भीर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका वडा नंबर १ का ३३ वर्षीय गोपाल सारु रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*