आफुहरुको रोजिरोटी खोसेको भन्दै हेटौँडामा अटो चालक आन्दोलित

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा अटो सञ्चालनको लागि नयाँ मापदण्ड बनाएपछि यहाँ सयौँको संख्यामा रहेका अटो चालक तथा ब्यवसायी आन्दोलित भएका छन् । उनिहरुले अटो सहित हेटौँडा उपमहानगरपालिकाको गेट अगाडी प्रर्दशन गरेका छन् ।
हेटौँडामा सञ्चालनमा रहेका करिब ५ सयको हारहारीमा अटो ब्यवसायी तथा चालकहरुले उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफुहरुको रोजिरोटी खोसेको भन्दै अटो सहित प्रर्दशन गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाले २०७६ पुस ७ गतेसम्म दर्ता भएका अटोलाई मात्र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न दिने गरि ‘ग्रिन स्टिकर’ टास्न सुरु गरेपछि त्यस यता दर्ता भएर सञ्चालनमा रहेका अटो ब्यवसायीले धर्ना, प्रर्दशन सुरु गरेका हुन् । उनिहरुले आजको मितिसम्म दर्ता तथा अनुमति पाएका अटो ब्यवसायीको हकमा उपमहानगरपालिकाको नीति एउटै हुनुपर्ने माग राखेका छन् ।

आफुहरुले परिवार पाल्नको लागि अटो किनेर चलाउँदै आएको भन्दै ब्यवसायी समेत रहेका चालक हेटौँडा १० का किशु तामाङले उपमहानगरपालिकाको पछिल्लो नीतिले आफुहरुको घर चलाउन समस्या पर्ने बताए ।
राज्यले अटो सञ्चालनको लागि रुट परमिट समेत दिएको अवस्थामा उपमहनगरपालिकाले यसबारे समन्वय गर्नुपर्ने उनको भनाई छ । अटो ब्यवसायी तथा चालक सन्तबहादुर गुरुङले हेटौँडा बजार क्षेत्रमा अटो सञ्चालन गर्न नपाउँदा आफुहरुको ब्यवसायनै समाप्त हुने भन्दै उपमहानगरपालिकाले यस्तो विषयमा ध्यान दिनपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*