उपत्यकाको फोहोर नउठेसम्म सामाजिक सञ्जालमार्फत मेरो प्रहार भैरहन्छ – हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ उपत्यकाको फोहोर नउठेसम्म आफ्नो प्रहार जारी रहने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले आफुले काठमाडौँको फोहोर नउठेसम्म प्रहार जारी राख्ने बताएका छन् ।

आफु काठमाडौँ गएको अवसरमा फोहोर देखेपछि आफुले टिप्पणी गरेको भन्दै काठमाडौँको फोहोर सफा भएपछि मात्र आफ्नो आलोचना गर्न सुझाव दिएका छन् ।

मेयर साम्पाङले पछिल्ला दिनमा काठमाडौँको फोहोरको बारेमा लगातार टिप्पणी गरिरहेका छन् । उनको टिप्पणी मेयर बालेन शाहप्रति पनि देखिएको छ । उनको बालेनप्रतिको टिप्पणी पछि दुवै मेयरका फ्यानहरु सामाजिक सञ्जालमा भिडिरहेका छन् ।

साम्पाङले आफुले फोहोर सफा हुनुपर्छ भन्ने मात्र आफ्नो भनाई रहेको बताउदै सत्य स्वीकार गर्न र हिनताबोध नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा धरानमा पनि फोहोर थुप्रिएको दाबि गरिएको प्रति आफुलाई फोहोर देखाइदिन चुनौती समेत दिएका छन् । आफुलाई धरानमा फोहोर देखाइदिए पाँच मिनेटमा सफा गरेर देखाइदिने बताएका छन् ।

काठमाडौँको फोहोर सफा गर्ने जिम्मेवारी काठमाडौँ महानगरको मात्र नभएको भन्दै सबै मिलेर शहर सफा राख्नुपर्ने बताए । उनले भने- ‘जबसम्म फोहोर उठ्दैन तबसम्म मेरो प्रहार भैरहन्छ । त्यो शहर तपाइको मात्र होइन, हामि सबैको राजधानी हो । फोहोरमा फोहोरी राजनीति नगर्न मेरो अनुरोध छ । मेरो कसैसँग आग्रह पूर्वाग्रह छैन ।’

उनले काठमाडौँको फोहोर उठाउन धरानबाट मात्र होइन चारै तिरबाट प्रहार गर्नुपर्ने बताएका छन् । साम्पाङ काठमाडौँ आएदेखि उनले काठमाडौँको फोहोरको बारेमा गरेका टिप्पणीले अहिले सामाजिक सञ्जाल तरंगित भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*