ट्रकको ठक्करबाट हेटौंडाको लेवटमा पैदलयात्रुको मृत्यु

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ। हेटौंडाबाट मनहरी जाँदै गरेको ना ७ ख ७६१ नम्बरको ट्रकले ठक्कर दिदा एकजना पुरुष पैदल यात्रीको ज्यान गएको जिल्ला प्रहरी कर्याालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।

ठक्करबाट नाम थर नखुलेका अन्दाजी ३५ बर्षीय पुरुष रहेको बुझिएको छ। ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ।

शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*