वार्षिकोत्सवमा मानवसेवा आश्रमले सप्ताहव्यापी कार्यक्रम गर्दै

हेटौंडा । मकवानपुरको हेटौंडा–९ लामसुरेधाप स्थित मानवसेवा आश्रमले आफ्नो वार्षिकोत्सवको अवसरमा भोलिबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

आज आश्रममा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामजी अधिकारीले १० औं वर्ष पुरा हुँदै ११ औं वर्षमा प्रवेश गर्दै गर्दा सप्ताहव्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागिएको बताए । उनले सप्ताहव्यापी कार्याक्रम अनुसार भोली ७ गते हेटौंडाको बुद्धचोकमा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

यसैगरि,८ गते आश्रम परिषरमा वृक्षारोपण,९ गते आश्रम रहेको धापटोलमा सरसफाई तथा तीज विशेष कार्याक्रम,१० गते सडक आश्रित मानवहरुको उद्धार कार्यक्रम,११ गते मुठ्ठीदान संकलन कार्यक्रम ,१२ गते दीप प्रज्वलन र भजन सन्ध्या तथा स्थापना दिवसको दिन वार्षिकोत्सव कार्यक्रम रहेको अधिकारीले बताए ।

तीनै सरकारको सहयोगले देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र बनाउने महाअभियान नजिक पुग्दै गरेको समेत अधिकारीले बताए । उनले आश्रमको मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत २०८० साल सम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न गर्ने,८१ मा सडक मानवहरुको बारेमा बृहत अन्तरक्रिया कार्यक्रमहरु गर्दै सडक मानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने गरी कामहरु तीब्र गतिमा अघि बढेको बताए ।

करिब एक दशक अघि अर्थात १३ भदौ २०६९ मा हेटौंडाको अब्बलडाँडाबाट सुरु भएको आश्रम अहिले आफ्नै भवनमा हेटौंडा(९ स्थित मुख्य कार्यालयसहित देशको १९ जिल्लामा रहेको २३ शाखामा १६ सय बढी आश्रित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*