हेटौंडामा बन्दको सामान्य प्रभाव

हेटौंडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आजको लागि आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य रहेको छ ।

हेटौंडा-भीमफेदी(काठमाण्डौ चल्ने सुमोहरु चलेका छन् भने जिल्ला भित्र चल्ने सार्वजनिक बसहरु बन्द रहेका छन् ।

बजार क्षेत्रका व्यवसायिक पसलहरु खुलेका छन् भने शैक्षिक संस्थाहरु बन्द रहेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हालसम्म जिल्लामा कुनै पनि अप्रिय घटना नभएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*