मोटरसाईकल चोरीको आरोपमा हेटौंडामा दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले मोटरसाईकल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहागरपालिका–१५ बस्ने २० वर्षीय मनोज पुलामी मगर र हेटौंडा उपमहागरपालिका–५ शान्तीनगर बस्ने २२ वर्षीय सुरज ठकुरी रहेका छन् । प्रहरीले चोरीका ना ३९ प २२९९ र बा ३३ प ६११४ नंबरको मोटरसाईकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

गएको ३ भदौ राती हेटौंडा–५ स्थित शान्तिनगरबाट ना ३९ प २२९९ नम्बरको मोटरसाईकल चोरी भएको उजुरी प्रहरीमा आएको थियो । सोही उजुरीको आधारमा प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आइतबार हेटौंडा–१५ बस्ने मनोजको घरभित्रबाट उक्त चोरी भएको ना ३९ प २२९९ र बा ३३ प ६११४ नंबरको मोटरसाईकल फेला पारेको प्रवक्ता कार्कीले बताए ।

उक्त मोटरसाइकलकको बारेमा सोधपुछ गर्दा मनोजले म र मेरो मिलेर मोटरसाईकल चोरी गरेर ल्याएको बताएपछि सुरजलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको कार्कीले बताए । पक्राउ परेका दुबै जनामाथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*